१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा मोटरसाइकल टिपरमा ठोक्किदा २ जनाको मृत्यु


52
Shares

सप्तरी । सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका हुन् । बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा ८९ प ३२१५ तथा प्रदेश १०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल शनिबार राति रोकिराखेको टिपरमा ठोक्किएका थिए । मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

घाइते २४ वर्षीय युवाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ ।