२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


रियल मड्रिड भिल्ला रियलसँग पराजित


78
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्ला रियलसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग २–१ ले पराजित भएको हो ।

भिल्ला रियलका लागि एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे । यस्तै, रियलका लागि करिम बेन्जिमाले एक गोल गरे ।

खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

जितपछि भिल्ला रियल २७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । हारपछि रियल भने ३८ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।