
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
आज आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग नेपाल र यादवले भेटवार्ता गरेका हुन् । साेही भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भेटवार्तामा नेपाल र यादव सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताउनुभयो ।
उहाँले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र नेपाल र यादव सकारात्मक रहेको बताउनुभयो । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताउनुभयो । उहाँले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताउनुभयो ।
बैठकपछि संसदीय दलको कार्यालयबाट निस्किने क्रममा नेताहरुमा भने नैराश्यता स्पष्ट देख्न सकिन्थ्यो । प्रधानमन्त्री दाहालले यहि पुस २६ गते विश्वासको मत लिदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्