१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सलमान खानले यातना दिएको पूर्व प्रेमीको आरोप


6.136k
Shares

एजेन्सी । भारतीय अभिनेता सलमान खानविरुद्ध पूर्व प्रेमीका सोमी अलीले आफूलाई यातना दिएको आरोप लगाएकी छन् ।

सोमीले हालै सामाजिक सञ्जालमा उक्त कुराबारे खुलासा गरेकी छन् । जसमा उनले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार आफू सलमानसँग प्रेम सम्बन्धमा रहदा सलमानले आफूलाई गाली र कुटपिट गरेको बताएकी छन् ।

भारतीय सञ्चार माधयमका अनुसार करिब ८ वर्ष लामो प्रेममा रहेको सोमीले सलमानविरुद्ध उनीहरूको सम्बन्धका क्रममा दुर्व्यवहार र यौन शोषण गरेको आरोप समेत लगाएकी छन् । उक्त पोष्टमा उनले आफ्नो एक मात्र सपना सलमानसँग विवाह गर्ने रहेको र उनलाई भेट्न अमेरीकादेखि भारत आएको बताएकी छन् । सोमीले आफ्नो पोस्टमा सलमानसँग बिताएका ८ वर्ष उनको जीवनको सबैभन्दा खराब अवस्था भएको बताएकी छन् ।

सोमीले धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताइन् । सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग यस्तै, व्यवहार गरेको सोमीले आरोप लगाएकी छन् । सोमीले सलमानविरुद्ध यसरी आरोप लगाएको यो पहिलो पटक होइन, यसअघि पनि उनले धेरै पटक सलमानमाथि आरोप लगाइसकेकी छिन् ।

साथै उनले आफ्नो आत्मसम्मान र न्याय चाहेको बताएकी छन् । सलमानले आफ्नो गल्ती स्वीकार गरेर सबैको अगाडि आफूसँग माफी मागुन भन्ने सेमी चाहान्छिन् । सलमानसँग प्रेम सम्बन्धमा रहदा सोमीले अन्त, माफिया र आन्दोलन जस्ता भारतीय फिल्ममा काम गरेकी छन् ।