२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्देशक अरुण झाको निधन


949
Shares

काठमाडौं । चलचित्र निर्देशक अरुण कुमार झाको निधन भएको छ ।

आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा हृदयघातमा कारण उनको निधन भएको हो ।

७२ वर्षको उमेरमा झाको निधन भएको उनको पारिवारिक स्रोतले बताएका छन् । लामो समयदेखि रोगबाट ग्रसित झालाई दोश्रोपटक हृदयघात भएपछि आइतबार बिहानै अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो ।

झाले ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्रका साथै टेलिफिल्म तथा वृत्तचित्रहरू पनि निर्देशन गरेका थिए ।

झाले अन्तिम पटक सन् २००० मा चलचित्र ‘सोल्टिनी’ निर्माण तथा निर्देशन गरेका थिए ।