
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा
उत्रिएका स्थानीय वासिन्दामाथि पेस्ताेल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर)माथि छानबिन सुरु भएकाे छ ।
इन्स्पेकटर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताउनुभयाे ।
विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।
गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।
प्रतिक्रिया दिनुहोस्