
काठमाडाैं । नदी तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्याप्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन,
ओसारपसार लगायतमा पछिल्लो समय देखिएको समस्याप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको हाे ।
विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले यो उद्योग आक्रान्त बनेकाे महासंघले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सामग्रीहरूको कृत्रिम अभाव र कालाेबजारी भई निर्माण व्यवसायी तथा आम उपभोक्ताहरूले उच्च मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेकाे महासंघका महासचिव राेसन दाहालले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्