
काठमाडौं । राहदानी विभागले सर्भरको समस्या समाधान भएकाे जनाएकाे छ ।
सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण आइतबारदेखि पुन: सुरु भएको हाे ।
गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा सुरु भएको हो ।
आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताइन् ।
प्रतिक्रिया दिनुहोस्