
सिन्धुली । सिन्धुलीमा प्रहरीले अवैध रूपमा लगाइएकाे गाजाको खेती फाड्दै ओसारपसारलाई नियन्त्रण गर्ने प्रयास गरेकाे छ।
गाजाको ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे । उनीहरुलाई लागूऔषधसहित पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले लागूऔषध गाजाको ओसारपसार तथा प्रयोगकाे घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थामा लगाइएको अवैध गाजा खेती फडानी गरेकोे छ । प्रहरीले मरिण १ कठ्ठा आलेडाँडामा ६ कठ्ठामा लगाइएकाे गाजा खेती फाडेर नष्ट गरेको छ ।
प्रहरीले हरिहरपुरगढीको क्यानेश्वर क्षेत्रमा समेत गाजा खेती फडानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्