
एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्करले २०२३ मा विवाह गर्ने अनुमान गरिएको छ ।
स्वराले हालै सामाजिक सञ्जालमा आफ्नो प्रेम जीवनको बारेमा एक रहस्यमय पोस्ट गरेकी छिन् । उनको उक्त पोस्ट पश्चात उनका प्रशंसकहरूले उनको विवाहको अनुमान लगाएका हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार स्वरा हाल कसैसँग प्रेम सम्बन्धमा छिन्। स्वराले सामाजिक सञ्जालमा एउटा तस्वीर सार्वजनिक गरेकी छन् । जसमा उनले कसैको काखमा टाउको राखेको देखिन्छ । तस्वीर सार्वजनिक गर्दै उनले क्याप्सनमा लेखेकी छिन्, ‘यो माया हुन सक्छ ।’

उनको उक्त तस्वीर र तस्वीरमा लेखिएको क्याप्सनका कारण उनको विवाहको अनुमान गरिएको हो । तर, ती व्यक्ति को हुन भन्नेवारे कुनैपनि जानकारी गराइएको छैन् ।
यसअघि स्वराको नाम लेखक हिमांशु शर्मासँग जोडिएको थियो । हिमांशु र स्वराको भेट ‘राँझना’ को सेटमा भएको थियो । ५ वर्षसम्म सम्बन्धमा रहेपछि सन् २०१९ मा उनीहरूको ब्रेकअप भएको थियो ।
स्वरा पछिल्लो पटक फिल्म ‘हम चार यार’ मा देखिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्