२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


भक्तपुरमा ग्याँस सिलिण्डर विष्फोट


351
Shares

काठमाडौं । भक्तपुर ग्याँस सिलिण्डर विष्फोट भएकाे छ ।

सूर्यविनायक नगरपालिका–३, दधिकोटका रामप्रसाद थपलियाकाे घरमा ग्याँस सिलिण्डर विष्फोट भएकाे हाे ।

सोमबार बिहान पौने ७ बजेतिर थपलिया पत्नी भान्छामा छिर्दा एक्कासी विष्फोट भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डे बताउनु भयाे ।

उहाँका अनुसार भान्छाको सिलिण्डर त जस्ताको तस्तै छ, तर ग्याँस एक्कासी बाहिर आउँदा विष्फोट भएको हाे ।

विष्फोटबाट पार्किङमा रहेको कारको सीसा फुटेको छ भने छिमेकीको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएकाे छ ।