
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गर्नुभएकाे छ ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताउनु भयाे ।
देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा दिगो विकास, सुशासन, विकास र समृद्धि प्राप्त गर्नुपर्ने बताउनु भयाे ।
प्रतिनिधिसभाले आफ्नो ऊर्जा नेपाल र नेपाली जनताको हितमा लगाउनुपर्ने देउवाको भनाइ थियो। उहाँले प्रधानमन्त्रीमा नियुक्त भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै सांसदहरूलाई पनि उनले शुभकामना दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्