२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काे–काे बसे प्रतिपक्षकाे बेञ्चमा ?


3.328k
Shares

काठमाडौं । संसदको पहिलो बैठकमा तीन वटा पार्टी प्रतिपक्षकाे बेञ्चमा बसेकाे छ ।

संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि रेशम चौधरीको रिहाई नभएसम्म सरकारमा नजाने बताएको छ ।

यही कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी संसदको प्रतिपक्षमा बसेकी हुन् ।