७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, काे–काे बन्दैछन् मन्त्री ?


273
Shares

काठमाडौं । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुन लागेकाे छ ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्दै मन्त्रिपरिषद् विस्तार हुन लागेकाे हाे ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गर्नेछन् ।

नेकपा एकीकृत माओवादीले भने प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।

नेकपा एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीका अनुसार मन्त्रीलाई मन्त्रालय तोकिएको छैन ।