२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खगराज अधिकारीले गरे ग्ण्डकीको मुख्यमन्त्रीमा दाबी पेश


91
Shares

पोखरा । नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गर्नुभएकाे छ ।

प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गर्नुभएकाे हाे ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा अधिकारीले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्नु भएकाे हाे ।

केन्द्रीय सत्तारुढ दलमा आइतबार बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई थियाे ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् ।