१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै

'एमालेका गिरीलाई ४९ जनाको समर्थन'

104
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा मंगलबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नु हुनेछ ।

सत्ताधारी गठबन्धनको भागबण्डामा लुम्बिनी प्रदेश एमालेको भागमा परेको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ जनाको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा ४, जसपा ३ र जनमतका ३ सांसद रहेका छन् । उनीहरु सबैको समर्थन पाउँदा गिरीको पक्षमा ४९ जनाको बहुमत पुग्नेछ ।

यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १ १ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद रहेका छन् ।