
काठमाडौं । निर्देशक दीपेन्द्र लामाको फिल्म निर्देशनमा व्यस्तता खुबै बढेको छ ।
निर्देशक लामाको व्यस्तता यसरी बढेको छ कि, उनी एकपछि अर्को फिल्म साइन गरिरहेका छन् । लामाले केही दिन अगाडि मात्र फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने पक्का भएको थियो । फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।
त्यस्तै, अर्को अनटाइटल प्रोजेक्ट पनि लामाले साइन गरेका छन् । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्माण हुने नयाँ फिल्मका लागि कार्यकारी निर्माता हरि मल्ल ठकुरी र निर्देशक लामाबीच सोमबार सम्झौता भएको हो ।
जीएम ठकुरी निर्माता र समीर घले सह–निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको छायांकन ‘नाङ्गो गाउँ’ छायांकनपछि गरिने छ ।
यसअघि लामाले ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्