१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पृथ्वी जयन्तीलाई पुनर्स्थापित गर्नु जन–आन्दोलनको मर्म र भावनाविपरीत कार्य : यादव


156
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जन–आन्दोलनको मर्म र भावनाविपरित कार्य भएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबकमा स्टाटस लेख्नु हुँदै यादवले उक्त कुरा बताउनु भएको हो ।

यो कार्यले सहिदहरुको अपमान गर्ने र यसले विविधतामा एकता हैन एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने उहाँको दाबी रहेको छ ।

जसपाले सरकारको साझा न्यनूतम कार्यक्रममा पृथ्वी जयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको थियो तर सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो ।