१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भन्सार नीति परिमार्जन गर्न अर्थमन्त्री पौडेलसँग बुटवलका स्टिल उद्योगीको माग


52
Shares

काठमाडौं । शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको नीतिले समस्या ल्याएको भन्दै बुटवलका स्टिल उद्योगीहरुले नीति परिवर्तनको माग गरेका छन् ।

स्टिल उद्योगीहरुले उक्त नीति परिवर्तन गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष ५ बुँदे माग राखेका छन् ।

विभेदकारी र पक्षपातपूर्ण भन्सार नीतिका कारण उद्योगहरु बन्द भएको र सरकारलाई राजस्वमा समेत ठूलो नोक्सानी पुगेको उद्योगीहरुको भनाइ छ । फलामे छड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ बिलेट्स तथा स्पञ्ज आइरन कवाडको भन्सार बिन्दुमा लाग्ने भन्सार महसुल र अन्तः शुल्कमा गरिएको विभेदकारी व्यवस्था परिमार्जन हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

फलामे डण्डी र वायर्स एकै प्रकृतिका उत्पादन भएकाले समान प्रकृतिले अन्तःशुल्क नलगाई तयारी वस्तुमा मात्र लगाउन उद्योगीले माग गरेका छन् ।

रुपन्देहीका पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, रत्ना आइरन, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द भएको बताएको छ ।