
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सुरु भएको छ ।
बैठक अहिले नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक संघीय संसदका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै विशेष कारणले बैठक १ बजेका लागि सारिएको जानकारी गाराउनु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिदै हुनुहुन्छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समेत समर्थनमा यहि पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले एक महिना अगावै विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
दाहाल सरकारमा सहभागी एमाले, रास्वपा, तथा सरकारमा जाने तयारीमा रहेको राप्रपा लगायतका दलहरुले विश्वासको मत दिने निश्चित भएकाे छ । त्यस्तै प्रधानमन्त्री बनाउन समर्थन दिएका जसपा, जनमत पार्टी नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले पनि दाहाललाई विश्वासको मत दिने भएका छन् । नेपाली कांग्रेस र केही स्वतन्त्र सांसदहरुले पनि विश्वासको मत दिने भएका छन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन आवश्यकता पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्