१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय


234
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी नहुने, तर प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहनु भएको थियो ।