९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णयप्रति कांग्रेसका चार नेताको असन्तुष्टि


611
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति कांग्रेसमा चार जना नेताले असन्तुष्टि जनाएका छन् ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधमामन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तथा अर्जुननरसिंह केसी र बलबहादुर केसीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णयमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनीहरुले बैठकमा दाहाललाई विश्वासको मत दिन नहुने धारणा राखेका थिए । उनीहरुले कांग्रेस प्रतिपक्षकै भूमिकामा बस्नु पर्ने अडान राखेका थिए । कांग्रेस बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमै बस्ने निर्णय गरेको थियो । तत्काल केन्द्रीय कार्य समितिको बैठक बस्न नसक्ने अवस्थामा कांग्रेसले कुनै निर्णय गर्नु पर्दा केन्द्रीय कार्यसम्पादन समिति बसेर आधिकारिक निर्णय गर्न सक्छ । कार्य सम्पादन समितिको बैठक लगत्तै संसदीय दलको बैठक बसेर दाहाललाई विश्वसको मत दिने निर्णय भएको थियो ।