
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने बताउनुभयाे ।
उहाँले मंगलबार प्रतिनिधि सभाकाे बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिँदै प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभएकाे हाे । महत्वपूर्ण राष्ट्रिय महत्वका विषयमा राजनीतिक दलहरूबीच संवाद, सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयाे ।
प्रतिपक्षीमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने भन्दै गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने उहाँले बताउनुभयाे । संसदमा सशक्त प्रतिपक्षी नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिका रहने उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्