२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको विश्वासको मत दिने निर्णयले नयाँ भाष्य स्थापित : अध्यक्ष ओली


663
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकोमा लोकतन्त्रमा नयाँ भाष्य स्थापित भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दाहालाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति धन्यवाद दिदै त्यसले नेपाली राजनीतिमा नयाँ मान्यता स्थापित भएको बताउनु भएको हो । ओलीले कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिने निर्णय गर्नु स्वागत योग्य भएको भन्दै अब संसदमा प्रतिपक्ष नभएको बताउनु भयो । दाहाललाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने विश्वासको मत नदिने निर्णय गरेका छन् ।