२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ब्राजिलमा संसद र राष्ट्रपति भवनमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न न्यायिक आयोगकाे आदेश


130
Shares

एजेन्सी । ब्राजिलको न्यायिक आयोगले संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमाथि आक्रमण गरेको घटनामा संलग्न भएका उच्च सरकारी अधिकारीहरुलाई पक्राउ गर्न आदेश दिएको छ ।

सोही आदेश अनुसार ब्राजिलको सैन्य प्रहरीका पूर्वकमाण्डर र पूर्वसुरक्षा प्रमुख एन्डर्सन टोरसलाई पक्राउ गरिएको हाे । प्रहरी कमाण्डर कर्नेल फाबियो अगस्टोलाइ बर्खास्त गरिएको छ । ब्राजिलका पूर्वराष्ट्रपति जयर बोल्सोनारोका समर्थकहरुले देशका संवेदनशील निकायमा आक्रमण गरेपछि ब्राजिल सरकारले कडा कदम चालिरहेको छ ।

यसअघी १५ सय प्रदर्शनकारी पक्राउ परिसकेका छन् । पूर्वराष्ट्रपति बोल्सोनारोको समर्थनमा आतंकवादी हर्कत गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले देशमा दंगा फैलाउने ब्यक्तिहरुलाई छानीछानी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।