१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता


117
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको हो ।

भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गण्डकीमा सत्ता भागबण्डाका क्रममा नेकपा (एमाले) लाई मुख्यमन्त्री परेको थियो । पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री बन्नु भएपछि काठमाडौं आउनु भएका अधिकारी राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको थियो ।