२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


संखुवासभाको दुर्गममा शैक्षिक सामाग्री वितरण


65
Shares

संखुवासभा । प्लान्स फर नेपालले संखुवासभाका दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हिमाली क्षेत्रमा अध्ययनरत बालबालिकाको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरुलाई स्कुल जाने वातावरण बनाउन शैक्षिक सामाग्री वितरण गरिएको हो ।

जिल्लाको दुर्गम मकालु गाउँपालिकाका ८ वटा बढी विद्यालयका झण्डै एक हजार बालबालिकालाई पाठ्य सामाग्री, झोला, कापी, कलम र न्यानो कपडा वितरण गरिएको संस्थाका कोषाध्यक्ष मिङ्मा डुक्पा शेर्पाले जानकारी दिनुभयो । त्यस क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले अधिकांश बालबालिका विद्यालय जाँदैनन् ।