
काठमाडाैं । विपद विज्ञ डा. रञ्जन कुमार दाहालले नेपालमा विपदका जोखिमहरु बढिरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गर्नुभएकाे छ ।
बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपालमा जलवायु परिवर्तनका कारण दूधकोशी, खुम्बु, लिखु र मेलम्ची लगायतका नदीका मुहानहरुमा हिमताल फुट्ने र पहिरो जाने क्रम बढ्दै गइरहेको बताउनुभयो ।
उहाँले विपदजन्य घटनाहरुलाई क्रम गर्ने कुरामा सरकारले आवश्यक नीति ल्याएर विपदका घटनाहरु कम गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भौतिक संरचनाहरु बनाउँदा पनि आवश्यक र दूरगारी अध्ययन हुन नसक्दा यस्ता समस्याहरु दैनिक रूपमा बढ्दै गइरहेको बताउनुभयो ।
विपद जोखिम न्यूनिकरणका लागि बाँकी रहेका जोखिमहरुको पहिचान गरी विस्तृत योजना बनाइ स्थानीय निकायहरुसँग मिलेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले उहाँले विपद जोखिम न्यूनिकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी भइसकेको बताउनुभयो ।
उहाँले स्थानीय निकायहरुले आफ्नो ठाउँका विपदहरु बुझेर काम गर्ने हो भने आगामी दिनमा विपदजन्य घटनाहरुलाई कम गर्दै जान सकिने बताउनुभयो । विपद विज्ञ दाहालले विपदकाे बारेमा जानकारी दिन विद्यालय पाठ्यक्रममा नै विपदका बारेमा अध्ययन, अध्यापन गराउन आवश्यक रहेको बताउनुभयो ।
प्रत्येक पालिकामा भूगर्भविद् इन्जिनियर आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्