१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त


1.404k
Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका गर्नुभएकाे हाे ।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेकाे छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ ।

गिरीले बुधबारै मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका गर्नुएभकाे थियाे ।