२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले र माओवादीबीच कर्णालीको मुख्यमन्त्रीमा आलोपालोकाे सहमति


286
Shares

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।

स्राेतका अनुसार एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो।

सहमति पछि पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्ने तयारी गरी राख्नु भएकाे छ । जसकाे लागि उहाँले आजै दाबी पेश गर्दै हुनुहुन्छ ।

प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका दिनुभएकाे छ ।