१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पृथ्वी जयन्तीमा कनकाई नगरप्रमुख पोखरेल सम्मानित


104
Shares

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेललाई सम्मान गरेको छ ।
३०१ औं पृथ्वी जयन्तीको अवसर पारेर पार्टीले नगरप्रमुख पोखरेललाई सम्मान गरेको ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नम्वर १ का अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच उहाँलाई सम्मान गरिएको हो ।

कनकाई नगरपालिकाको प्रवेशद्वार नजिकै नगर प्रमुख पोखरेलले २०७८ सालमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नु भएको थियो ।

वाइसे र चौवीसे राज्यलाई एकीकरण गर्दै विशाल नेपाल निर्माणमा उहाँले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै नगरले शालिक निर्माण गरेको र पृथ्वीनारायण शाहालाई उच्च सम्मानका साथ हेरेकाले नगरप्रमुख पोखरेललाई सम्मान गरिएको पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय प्रवत्ता तथा प्रदेश नम्वर १ का मन्त्री भक्ति सिटौला, कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेल, नागरिक समाजका अगुवा शेर वहादुर थापा, पार्टीका युवक संगठनका जिल्ला अध्यक्ष राज कुमार राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।