२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाहाल पुगे ओली भेट्न बालकोट


1.235k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।

बुधबार साँझ ओलीलाई भेट्न दाहाल बालकोट पुगेको ओली सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् बिस्तारका लागि छलफल गर्न बालकोट पुग्नुभएको हो ।

उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। त्यस्तै प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा हुनुहुन्छ ।