
web pic
काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–११ अवलडाँडामा तीन जना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
दुर्घटनामा घोराही– १० का १८ वर्षीय सरोज चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय मंगल चौधरी र सोही मोटरसाइकलमा सवार २३ वर्षीय ऋषिराज चौधरी घाइते भएका छन् ।
उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । ऋषिराजको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्