१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै अदालतले लगायाे विदेश जान रोक


2.249k
Shares

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै उच्च अदालत पाटनले विदेश जान रोक लगाएकाे छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार अदालतले धराैटीमा छाड्न आदेश दिए पनि लामिछानेलाई विदेश जान राेक लगाइएकाे छ ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उक्त मुद्दामा पूर्पक्षको सुनुवाइ गर्दै जिल्लाले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै लामिछानेले उच्च अदालत पाटनमा मंसिर २९ गते निवेदन दिएका थिए। उच्चको यो आदेशपछि लामिछाने बिहीबार नै तोकिएको धरौटी बुझाएर रिहा हुने तयारीमा छन्।