७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सुदूरपश्चिममा मुख्यमन्त्री रावल र दुई मन्त्रीले लिए शपथ


104
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्नुभएकाे छ ।

त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ ग्रहण गर्नुभएकाे छ।

उहाँहरुलाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराउनु भएकाे हाे ।