२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


घनश्याम भूसाल आज समाजवादीमा प्रवेश गर्दै


143
Shares

काठमाडौं । नेकपा एमाले परित्याग गर्नुभएका घनश्याम भूसाल आज शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुहुने भएकाे छ ।

भूसाल शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लाग्नु भएकाे हाे । एमालेमा आन्तरिक संघर्ष चर्किदा भूसाल माधव नेपाल खेमामा हुनुहुन्थ्याे । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहनुभएकाे थियाे ।

गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारकाे रुपमा प्रतिस्पर्धा गर्नु भएकाे थियाे । निर्वाचनमा उहाँलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उहाँ पराजित हुनुभएकाे थियाे ।

एकीकृत समाजवादीमा फर्किनु भएका भूसालले कुन जिम्मेवारी पाउनुहुन्छ भन्ने खुलिसकेको छैन ।