
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले राष्ट्रिय भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
अख्तियारले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरेर शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारामा निमित्त प्रमुख रहँदा अख्तियारले पोखरेलमाथि अनुसन्धान थालेको थियो । त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोगमा पुगेका थिए । हाल आयोगमै कार्यरत रहेका बेला उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी पत्नी बिमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्