
काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएको छ । आज भएको दोस्रो खेलमा सुदूरपश्चिमले बागमतीलाई ३३ रनले हराएको हो ।
पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो । सुदूरपश्चिमका लागि कबिता कुँवरले ५० रनको अर्धशतकिय इनिङ्स खेलिन् ।
बागमतीकी अश्मिना बज्राचार्य र याशु पाण्डेले समान दुई तथा खुसी डंगोल र मनिषा उपाध्यायले समान एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको बामगतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
सुदूरकी रितु कनोजिया र मनिषा चौधरीले समान दुई तथा इश्वरी विष्टले एक विकेट लिईन् । समूह एको खेलमा सुदूरपश्चिम प्रदेशले दुई अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत आजै भएको पहिलो खेलमा प्रदेश नम्बर एकले मधेश प्रदेशलाई पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्