२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता माघ पहिलो साता


26
Shares

पाेखरा । पोखरामा हुने बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता माघको पहिलो साता आयोजना हुने भएको छ ।

आयोजक बगर भाइ खलकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने जानकारी गराएको छ ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत तर्फको उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सेमिफाइनल पुग्ने टिमलाई जनही २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने महासचिव यामबहादुर गुरुङले बताएका छन् ।