१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


विदेशी चलचित्रको कर होलसेलमा उठाएर नेपाली फिल्मलाई अफ्ठ्यारो नपार्नु अध्यक्ष खड्का आग्रह


39
Shares

काठमाडाैं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरुबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले विदेशी फिल्म किनेर ल्याएको मूल्यअनुसारको कर नउठाउने बोर्डको नीति न्यायोचित नभएको बताउनु भयो । अध्यक्ष खड्काले विदेशी फिल्म ल्याउँदा त्यसको कर होलसेलमा लिने नीतिले देशलाई घाटा हुने बताउनु भयो ।

उहाँले चलचित्र व्यपार मात्रै नभएको भन्दै भाषा, संस्कृति, कला, भेषभुषा, राष्ट्रको विम्व भएको बताउनु भयो । उहाँले कला, साहित्य देशको मेरुदण्ड भएकाले व्यापारको नाममा सहजै विदेशी चलचित्रहरुलाई निर्यात गरेर नेपाली चलचित्रहरुलाई अफ्ठयारो पार्ने स्थिति बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली फिल्महरु हलमा चलेको पहलिो दिन नेपाली फिल्महरुलाई ६० प्रतिशतसम्म हलहरु उपलब्ध गराउनुपर्ने माग राख्नुभयो ।

अध्यक्ष खड्काले नेपाली चलचित्रमा लिइँदै आएको स्थानीय कर छुट गर्नुपर्ने र स्थानीय कर छुट निर्मातालाई फिर्ता दिनुपर्ने माग गर्नुभयो ।