२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै


143
Shares

काठमाडौं । कर्णाली प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ ।

प्रदेश सभाको सभामुख पदका लागि शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

शनिबार अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।

साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा (एमाले) ले उम्मेदवारको टुङ्गो लगाएको छैन । कांग्रेसबाट खड्ग पोखरेललाई उठाउने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सभामा कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक र एक स्वतन्त्र गरी ४० प्रदेश सभा सदस्य छन् ।