२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हलिउड गायिका लिसा मारिया प्रेस्लेको निधन


689
Shares

एजेन्सी । अमेरिकी चर्चित गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ५४ वर्षीया लिसाको बिहीबार निधन भएको हो । उनलाई हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो । लिसाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

लिसा चर्चित अमेरिकी अभिनेता, गायक एवं संगीतकार एल्भिस प्रेस्ले र अभिनेत्री प्रिसिला प्रेस्लीको छोरी हुन् । आमाबुवाको सम्बन्धविच्छेदपछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्दै आएकी थिइन् । उनको बावुको सन् १९७७ मा निधन भएको थियो ।

लिसाले चार पटक विवाह गरेकी थिइन् । उनले सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत चर्चित गीत गायिका थिइन् ।