१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


घनश्याम भूसाल एसकाे सचिवालय सदस्यमा मनोनित


117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

शनिबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । गत मंसिर ४ गतेको चुनावअघि नेकपा एमाले परित्याग गर्नुभएका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको बताउनुभयाे । उहाँले बैठकमा भूसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको बताउनुभयो ।