
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ मा रहेको सिंधुवा बजारमा गए राति भएको आगलागीबाट करिब ४९ लाख मूल्य बराबरको क्षति भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
गएराति आगलागी हुदाँ छथरजोरपाटी गाउँपालिका ६ का सन्त बहादुर राईको नगद जिन्सी गरी ३७ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै सोही स्थानका डिक बहादुर खड्का र होम बहादुर खड्काको संयूक्त रुपमा रहेको घरमा क्षति भएको छ ।
त्यस्तैगरी सोही स्थानका झमक थापा, अर्जुन घिमिरे र डम्बर थापाको घरमा क्षति हुदाँ ४९ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्