
एजेन्सी । इरान सरकारले पुर्व उप रक्षामन्त्री अलिरेजन अकबरीलाई दोहोरो नागरिकता र जासुसी गरेको आरोपमा फाँसी दिएको छ ।
बेलायत र इरानको दोहोरो नागरिकता भएको र बेलायतका लागि जासुसी गरेको आरोपमा उनलाई फाँसी दिईएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
फाँसी दिनुअघि अकबरीको परिवारलाई जेलमा गएर उनीसँग ‘अन्तिम भेट’ गर्न द्इिएको थियो । दोहोरो नागरिकता बनाएको आरोपमा उनी सन् २०१९ मा पक्राउ परेका थिए भने उनलाई इरान सरकारले बेलायतका लागि जासुसी गरेको आरोप लगाइएकोमा उनले ती आरोप अस्वीकार गर्दै आएका थिए ।
बेलायतले इरानलाई अकबरीलाई दिइएको मृत्युदण्ड रोक्न र जतिसक्दो चाँडो रिहा गर्न आग्रह गरेको थियो । यद्दपी बेलयातको आग्रहलाई वेवास्ता गर्दै अकबरीलाई फाँसीको सजाँय दिइएको हो ।
यसअघि बीबीसी पर्शियन सेवालाई दिएको अडियो सन्देशमा उनले आफूमाथि लागेको आरोप स्वीकार गर्न यातना दिइँदै आएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्