
काठमाडौं । मगर समुदायको नयाँ वर्ष मनाउने क्रम सुरु भएको छ ।
शनिबारबाट काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ती पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन सुरु गरेका हुन् ।
मगर समुदायले माघे संक्रान्तीलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा छ । माघे संक्रान्ती पर्वको अवसरमा उनीहरुले मिठामिठा परिकारहरु बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन् ।
शुक्रबारबाट उनीहरुले आफ्ना–आफ्ना सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका छन् । टुँडिखेलमा उनीहरुले मगर समुदायका मानिस एक ठाउँमा जम्मा भएर सामुहिक रुपमा नाचगान गरिरहेका छन् । औपचारिक कार्यक्रम नभए पनि काठमाडौंमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर नयाँ वर्ष मनाउने गर्छन् ।
नेपालको सबै जिल्लामा मगर जातिको बसोवास रहेपनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्