
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंगो सदनले नै असाधारण उचाइका साथ समर्थन प्राप्त गरेको उल्लेख गर्दै यसलाई अवसर तथा चुनौतीका रुपमा लिएको बताउनुभयो ।
आफूले अध्यापन विद्यालयको सम्पूर्ण स्मरण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू पहिल्यखैदेखि सबैलाई मिलाएर अघि बढ्ने स्वभावको रहेको तर्क गर्नुभयो ।
४६ वर्षपछि गोरखा जिल्लाबाटै निर्वाचित भएर देशको ४४ औं प्रधानमन्त्रीको रुपमाा उभिएको बताउँदै उहाँले गोरखासहित सिंगो देशको विकासमा आफ्नो ध्यान जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्