१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधेस प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसबाट जङ्गीलाल उम्मेदवारी दर्ता


338
Shares

काठमाडाैं । मधेस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उम्मेदवारी दर्ता गर्नुभएका मण्डललाई जसपा, लोसपा, जनमतसहित सत्तारूढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिनुभएको छ ।

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका राम अशिष यादव, जनमतका महेश यादव रहनुभएको छ । रायको प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहनुभएको छ । सभामुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार मण्डलले आफूसँग पाँच दल एमाले, जसपा, लोसपा, जनमत र माओवादी गरी कुल ७० सांसदको समर्थन रहेको बताउनुभयो ।

सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले भने राजनीतिमा सधैँ जितका लागि मात्र उम्मेदवारी नहुने भन्दै हारमा पनि राजनीति र शक्ति हुने बताउनुभयो । यद्यपि माघ २ गते सभामुख चुनिने कार्यतालिका रहेकाले दुई दिनमा जे पनि हुनसक्ने उहाँको तर्क छ ।

माघ २ गते सभामुख चयनको कार्यतालिकाका साथसाथै मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिकासमेत रहेको प्रदेशसभा सचिवालयले सञ्जीव रञ्जित यादवले बताउनुभयो ।