१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बोनी कपुरले ‘नो इन्ट्री’ को सिक्वेल बनाउँदै


260
Shares

एजेन्सी । भारतीय निर्माता बोनी कपुरद्वारा निर्माण गरिएको फिल्म ‘नो इन्ट्री’ को सिक्वेल बन्न लागेको छ ।

सन् २००५ को हिट फिल्म ‘नो इन्ट्री’ को सिक्वेलका लागि स्क्रिप्ट तयार भएको निर्माता कपुरले भारतीय सञ्चार माध्यमहरुसँग कुराकानी गर्दै बताएका छन् ।

‘नो इन्ट्रीु’अनिस बाजमीद्वारा लिखित र निर्देशित कमेडी विधाको फिल्म हो । यसमा सलमान खान, अनिल कपुर, फरदिन खान, विपासा वासु, लारा दत्ता, इशा देओल र सेलिना जेट्ली प्रमुख भूमिकामा रहेका थियो ।

विश्वभर ७४.१३ करोड भारतीय रुपैयाँ कमाउँदै फिल्म सन् २००५ मा सबैभन्दा धेरै आम्दानी गर्ने भारतीय फिल्म बनेको थियो ।

सञ्चार माध्यामहरुसँग कुराकानीमा कपुरले भने, ‘अहिले ‘वान्टेड’, ‘नो इन्ट्री’र ‘मिस्टर इन्डियाु’को दोस्रो संस्करणको माग धेरै छ । मेरा केही अन्य फिल्महरूको पुनर्निर्माण भइसकेका छन् ।’

उनले थप्दै भने, ‘म क्यामेरा वा सार्वजनिक रूपमा भन्न सक्दिनँ । तर, यदि फिल्म बन्नै लेखेको छ भने अवश्य बन्नेछ । स्क्रिप्ट तयार छ, साथै कलाकार पनि । अब सबै कुरा सही समयमा मिल्न बाँकी छ ।’