२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङका सबै क्रसर उद्योगहरू बन्द


104
Shares

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि दाङमा पनि सबै क्रसर उद्योगहरू बन्द भएका छन् ।

मापदण्ड विपरीतका क्रसर उद्योगहरूहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङका सबै क्रसर उद्योग बन्द भएका हुन् ।

गत पुस २० गते मन्त्रालयले दिएको निर्देशन पछि पुस २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

वैध र अवैध छुट्याएर वैधानिक रुपमा संचालन भएकाहरुलाई चलाउन दिइने भएको छ । त्यसका लागि छानबिन तथा अनुगमन समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाको संयोजकत्वमा छानविन तथा अनुगमन समितिसमेत गठन गरिएको हो । सदस्यहरूमा भने जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी संघका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला घरेलु कार्यालय, विद्युत् कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने छन् ।